पयुँ । मर्दिखोला युनाइटेड क्लब, पयुँ–४, पर्वतको आयोजनामा आगामी कार्तिक १९ देखि २५ गतेसम्म प्रथम पयुँ पर्वत गोल्डकप यु–१६ फुटबल प्रतियोगिता हुने भएको छ ।
पयुँखोला गाउँपालिका–४ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि सान्त्वना पुरस्कार स्वरुप जनही १५–१५ नगदले पुरस्कृत गरिने पनि आयोजकले जानकारी दियो । साथै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा जिल्लाबाहिरबाट आउने टोलीलाई आयोजकले नै वासको व्यवस्था मिलाउने पनि जानकारी गराइयो । युवा खेलाडीहरुलाई फुटबलमा अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दियो ।
- अनुशासित ब्वाईज क्लब (एबीसी) र आयोजक मर्दिखोला युनाइटेड फाइनलमा
- पैयुँ पर्वत युथ गोल्डकपः लप्पो, होराइजन, मर्दिखोला युनाइटेड (सेतो) र एबीसी सेमिफाइनलमा
- पैयुँ पर्वत गोल्डकप युथ फुटबल प्रतियोगितामा बिहीबार चार खेलहरु सम्पन्न
- आयोजक मर्दिखोला युनाइटेडलाई राष्ट्रिय युथ फुटबल प्रतियोगिताको उपाधि
- प्रथम पैयुँ गोल्डकप यु–१६ फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)