पैयुँ । मर्दिखोला युनाइटेड क्लब, पैयुँ गाउँपालिका–४, पर्वतको आयोजनामा कार्तिक १८ गते शनिबारदेखि शुरु हुन गईरहेको प्रथम पैयुँ गोल्डकप यु–१६ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
पैयुँ गाउँपालिका–४ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कार्तिक १८ गतेका दिन १ः३० बजे पेखु एफसी र मर्दिखोला युनाइटेड (सेतो) भिड्ने छन् ।
त्यस्तै सोही दिन ३ः३० बजे हुने दोस्रो खेलमा पेब्स र कुश्मा स्पोर्टस क्लबबीच हुने खेलतालिकामा उल्लेख छ । कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक २५ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
- अनुशासित ब्वाईज क्लब (एबीसी) र आयोजक मर्दिखोला युनाइटेड फाइनलमा
- पैयुँ पर्वत युथ गोल्डकपः लप्पो, होराइजन, मर्दिखोला युनाइटेड (सेतो) र एबीसी सेमिफाइनलमा
- पैयुँ पर्वत गोल्डकप युथ फुटबल प्रतियोगितामा बिहीबार चार खेलहरु सम्पन्न
- आयोजक मर्दिखोला युनाइटेडलाई राष्ट्रिय युथ फुटबल प्रतियोगिताको उपाधि
- प्रथम पयुँ पर्वत गोल्डकप यु–१६ फुटबल प्रतियोगिता हुने