News
साफको प्रतियोगिता प्रमुखमा सुन्दर नरसिंह जोशी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को प्रतियोगिता प्रमुखमा नेपालका सुन्दर नरसिंह जोशी नियुक्त भएका छन् । साफको भर्खरै बसेको कार्यसमिति बैठकले प्रतियोगिता, आर्थिक, मार्केटिङ र विकास समिति गरी चार नयाँ स्थायी समिति गठन गरेको थियो ।
जसमा प्रतियोगिता प्रमुखको जिम्मेवारी नेपालका सुन्दर नरसिंह जोशीले पाएका हुन् । स्मरण रहोस, जोशी न्युरोडटिम (एनआरटी) का अध्यक्ष समेत हुन् । त्यस्तै बैठकले अर्को वर्ष चार युथ फुटबल प्रतियोगिता र एक सिनियर फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ ।
्जसमा साफ यु–१६ महिला च्याम्पियनसिप, साफ यु–१९ महिला च्याम्पियनसिप र साफ यु–२० च्याम्पियनसिप रहेका छन् । त्यस्तै सिनियरतर्फ साफ महिला च्याम्पियनसिप रहेको छ । बैठकमा साफ क्लब चयाम्पियनसिप आयोजनाबारे पनि छलफल भएको थियो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल