News
पाकिस्तान साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । संघर्षपुर्ण जितका साथ पाकिस्तान जारी साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न सफल भएको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई पेनाल्टी शुटआउटमा ६–५ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । साफ यु–१९ च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाइरहेको पाकिस्तानले फाइनल प्रवेश गरेसँगै विशेष उपलब्धी हासिल गर्न समेत सफल भएको छ ।
पाकिस्तानले फाइनलमा अब बुधबार नै हुने दोस्रो सेमिफाइनलतर्फ आयोजक नेपाल र साविक विजेता भारत बीच हुने खेलको विजेतासँग उपाधिका लागि भिड्ने छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल