बुटवल । आदर्श युवा क्लब, बुटवल–१५, उजेलापुरको आयोजनामा यही असोज २० गतेदेखि स्व. गंगा कुमारी मल्ल स्मृति आदर्श कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बुटवल–१५, उजेलापुर स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको यही असोज १८ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको छ ।
बुटवल–१५ निवासी स्व. गंगा कुमारी मल्लको स्मृतिको उनको स–परिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचार प्रसार संयोजक सुजन ठकुरीले बताए ।
विजयादशमी कै अवसर पारी आयोजना हुन गईरहेको प्रतियोगिताको तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद १० हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यसवाहेक व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको मनिष काफ्लेले जानकारी दिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने