काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) को नवप्रवेशी टोली झापा फुटबल क्लबका कप्तान तथा मार्की खेलाडी अन्जन विष्ट खतरामुक्त रहेको क्लबले जनाएको छ । झापाले आफ्नो आधिकारिक पेजमार्फत अन्जन खतरामुक्त रहेको र स्वास्थ्य लाभ गरिरहेको जानकारी गराएको हो ।
स्मरणीय छ, सुपर लिगतर्फ शनिबार दशरथ रंगशालामा भएको झापा र पोखरा थन्डर्स बीचको पहिलो खेलको दोस्रो हाफतर्फ अन्जनले विपक्षीको पोष्टमा हेड गोल प्रयास गर्ने क्रममा विपक्षी खेलाडीसँग ठोक्किएर चोटिल बनेका थिए ।
मैदान मै ढलेर केही समय अचेत समेत बनेका अन्जनलाई मैदान मै रहेका चिकित्सकको टोलीले तत्काल उपचार गरि केही सामान्य अवस्था ल्याएका थिए । यद्यपि उनको चोट गम्भिर हो कि सामान्य भन्नेबारे भने खेलका क्रममा खुलाइएको थिएन ।
अहिले आएर भने क्लबले अन्जन खतरामुक्त रहेको पुष्टी गरेको छ । स्मरण रहोस, झापा र पोखरा बीच भएको उक्त खेल १–१ को बराबरीमा टुँगिएको थियो ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि