काठमाडौं । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य एरिक बिष्टले फुटबल मैदान बाहिर पनि अर्को भूमिका निभाउने जिम्मेवारी पाएका छन् । मोफसलमा रहेर अन्तर्राष्ट्रिय स्तर मै चर्चा कमाईरहेको चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्सले एरिकलाई आफ्नो ब्राण्ड एम्बेसडर बनाएको छ ।
नेपाल सुपर लिग (एनएसएल) तर्फ बुटवल लुम्बिनी फुटबल क्लबका मार्की खेलाडी तथा कप्तान समेत रहेका एरिकले आफूले यो नयाँ जिम्मेवारी पाएकोमा खुशी व्यक्त गरे । फुटबल मै रहेर व्यवसायीक रुपमा नयाँ भूमिका पाउँदा आफू उत्साहित पनि रहेको प्रतिक्रिया दिए ।
स्मरण रहोस, रुपन्देहीमा मुख्यालय रहेको यशोदा फुडसले करेन्ट ब्राण्डको चाउचाउ, चिज बल्स, कुरकुरे लगायतका लोकप्रिय प्याकिङ खाजा उत्पादन गर्दै आएको छ । साथै कम्पनीले विभिन्न खेलकुदसँग सहकार्य गर्दै रुपन्देही कै प्रतिष्ठित तिलोत्तमा गोल्डकपलाई पनि केही वर्ष यता प्रायोजन गर्दै आईरहेको छ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने