News
फोर ब्रदर्श सेमिफाइनलमा
मध्यविन्दु । सेन्ट्रल कलेज फोर ब्रदर्श एफसी, भुमही यहाँ जारी छैठौं राईनो संरक्षण गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राइनो रंगशालामा भएको पहिलो क्वाटरफाइनलतर्फा फोर ब्रदर्शले दोस्रो रोजाईको खेलाडीहरु लिएर उत्रिएको त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंलाई २-१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलमा फोर ब्रदर्शका युवराज न्यौपाने म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ३ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब बीच हुने आयोजकले जानकारी दियो ।
राईनो क्लब, मध्यविन्दु-४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल ल्हेल यही फागुन ९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा