
बागमती । घरेलु टोली बागमती खेलकुद विकास समिती, मकवानपुर यहाँ जारी छैठौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको प्रीक्वाटरफाइनलतर्फ बागमतीले हिमालयन शेर्पा क्लब, काठ्माडौंलाई टाइब्रेकरमा ५-४ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
त्यसअघि जनता माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १-१ गोलको रोमान्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बागमतीका लागि ललित चौलागाईंले गोल गरेका थिए भने शेर्पाका लागि सुदिप श्रेष्ठले पेनाल्टीमार्फत गोल फर्काएका थिए ।
खेलमा बागमतीका ललित चौलागाईं म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ३ गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल नव जन जागृती क्लब, सिमरा र न्युरोडटिम (एनआरटी) बीच हुने आयोजकले जानकारी दियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिती, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा