
काठमाडौं । वाफ महिला च्याम्पियनसिपतर्फ समूह बी मा रहेको नेपालले समूह चरणको दोस्रो खेलमा बिहीबार इराकको सामना गर्दैछ । तुलनात्मक रुपमा कमजोर आँकिएको इराक विरुद्ध नेपालले सकरात्मक नतिजा निकाल्दै सेमिफाइनल प्रवेशको योजनामा हुनेछ ।
समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिरियामाथि ४–१ को जित निकालेको थियो भने इराकले प्यालेस्टाइनसँग ३–१ को हार बेहोरेको थियो । आजको खेलमा जित निकाल्न सके नेपालको सेमिफाइनल प्रवेशको यात्रा लगभग निश्चित बन्नेछ ।
नेपाल र इराक बीच हुने आजको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजेदेखि साउदी अरेबियाको जेद्दाह शहर स्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियममा हुनेछ । त्यस्तै सोही मैदानमा बिहीबार अबेर राती हुने अर्को खेलमा प्यालेस्टाइन र सिरिया पनि भिड्दै छन् ।
समूह बी मा समान ३–३ अंक जोडेका नेपाल र प्यालेस्टाइन क्रमशः पहिलो र दोस्रो स्थानमा छने भनृ अंकविहीन सिरिया र इराक तेस्रो र चौथो स्थानमा छन् ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)