News
जोर्डन र लेबनान सेमिफाइनलमा
काठमाडौं । गत संस्करणका दुई फाइनलिस्ट साविक विजेता जोर्डन र उपविजेता लेबनान जारी वाफ महिला च्याम्पियनसिपतर्फ समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह चरणको दोस्रो खेलतर्फ लगातार दोस्रो जित हात पार्ने क्रममा जोर्डनले गुआमलाई ३–० ले हरायो भने लेबनानले आयोजक साउदी अरेबियामाथि ३–२ को जित निकाल्यो ।
यो नतिजापछि दुई खेलबाट समान ६–६ अंक जोडेका जोर्डन र लेबनान क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै एक खेल अघि नै समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अंकविहीन साउदी र गुआम भने क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएका छन् । समूह ए तर्फको अन्तिम खेलमा अब २३ फेब्रुअरीका दिन जोर्डन र लेबनान तथा गुआम र साउदी भिड्ने छन् । यी दुई खेल पश्चात समूह ए को विजेता तथा उपविजेता टोलीको टुंगो लाग्नेछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट