News २८ बिगा भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा
गोलनेपाल

चितवन । २८ बिगा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । (बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीविरुद्ध सहज जित निकाल्दै २८ बिगाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा २८ बिगा ० का विरुद्ध ४ गोलले विजयी भयो ।

२८ बिगाको जितमा अजित लामा, गणेश हमाल, कृपा चौधरी र स्यामुएल सुनारले गोल गरे । चारै गोल दोस्रो हाफमा भएको थियो । दोस्रो हाफको पाचौं मिनेटमा अजितले गोल गर्दै २८ बिगालाई अग्रता दिलाए । लगत्तै सातौं मिनेटमा गणेशले अग्रता दोब्बर बनाए ।

२४ औं मिनेटमा कृपाले फ्री किकमा सुन्दर गोल गरेपछि २८ बिगाले ३-० को अग्रता लियो । ३४ औं मिनेटमा स्यामुएले गोल गरेपछि २८ बिगाले सहज जित दर्ता गरेको हो । २८ बिगाका अजित म्यान अफ दि म्याच भए ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा बिहीबार दोस्रो क्वाटरफाइनल खेल हुनेछ । दोस्रो क्वाटरफाइनलमा पेङ्गुइन भरतपुर २४ र घैरुङ एफसी गोरखा भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

Post Comments