News रोमाञ्चक जितका साथ झरना क्वाटरफाइनलमा
सुरज राना मगर

ओमसतिया । रोमाञ्चक जित हात पार्दै झरना स्पोर्टस क्लब, कुञ्जलापुर जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ झरनाले न्यु सृजना युवा क्लब, करोजियालाई ३–२ ले हराउँदै क्वाटरफाइनल स्थान तय गरेको हो ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको खेलमा झरनाका लागि असिम नेपालीले दुई गोल गरे भने थप एक गोल रोशन थापाले गरे । पराजित न्यु सृजनाका लागि सुजन थापा र समिर नेपालीले गोल फर्काएका थिए ।

खेलमा झरनाका लागि दुई गोल गरेका असिम नेपाली म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत १ गते बिहीबारको फर्साटिकर युवा क्लब, फर्साटिकर र न्यु राईज युथ क्लब, बभनी बीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

 

Post Comments