News
जापान र उत्तर कोरिया उपाधिका लागि भिड्ने

काठमाडौं (एजेन्सी) । गत संस्करणको दुई फाइनलिस्ट जापान र उत्तर कोरिया जारी एएफसी यु–२० वुमन्स एसियन कपको फाइनलमा लगातार चौथोपटक भिड्ने भएका छन् । यी दुई यसअघिका लगातार तीन संस्करण (सन् २०१५, २०१७ र २०१९) को फाइनलमा भिडेका थिए र तीनै संस्करणमा जापान विजेता बनेको थियो ।
उज्वेकिस्तानको राजधानी तश्केन्टमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा जापानले अष्ट्रेलियामाथि ५–१ को प्रभावशाली जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्यो । दोस्रो सेमिफाइनलमा उत्तर कोरियाले भने छिमेकी प्रतिद्वन्द्वी दक्षिण कोरियालाई ३–० ले हराउँदै जापानसँगको फाइनल भेट पक्का गर्यो ।
फाइनल खेल मार्च १६ तारीखका दिन तश्केन्ट स्थित जार स्टेडियममा जापान र उत्तर कोरिया बीच हुनेछ । त्यस्तै सोही दिन, सोही मैदानमा अष्ट्रेलिया र दक्षिण कोरिया तेस्रो स्थानका लागि आमने सामने हुनेछन् ।
Post Comments
Related News
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने