News
झिलझिलेमा भेट्रान कप फुटवल हुने

शिवसताक्षी । झापाको शिवसताक्षीमा स्व. नवीन राई स्मृती दोस्रो प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
यही चैत्र १५ देखि २३ गतेसम्म हुने प्रतियोगितामा झापा, मोरङ्ग र सुनसरीका गरि कुल १० वटा टिमहरुले सहभागिता जनाउने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित ७१००० हात पार्नेछ भने उपविजेताले ४१००० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments