
भार्से । ‘भार्से विकासको आधार कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ थाप्ले क्लब, सत्यवती–८, भार्से, गुल्मीको आयोजनामा यही चैत २५ गतेदेखि थाप्ले कप खुला नाइन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
आउँदै गरेको नयाँ वर्ष २०८१ सालको अवसर पारी आयोजना हुन गईरहेको प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । भार्से माविको खेलमैदानमा हुने प्रतियोगिताको समापन भने चैत २९ गतेका दिन हुने पनि आयोजकले जनाएको छ ।
सत्यवती गाउँपालिका कार्यालय, जोहाङ, गुल्मी, सत्यवती गाउँपालिका वडा नम्बर ८, भार्से र रानीवन होम स्टे, भार्सेको सह–आयोजना रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न