News
सहिद स्मारक सी डिभिजन लिग शुरु, आरसी३२ को विजयी शुरुवात
काठमाडौ । बिहीबारदेखि शुरु सहिद स्मारक सी डिभिजन लिगतर्फ आरसी३२ फुटबल क्लब, सुर्खेतले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा आरसी३२ ले खालीबारी फुटबल क्लबलाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी३२ का लागि बबिन बोहराले एक मात्र निर्णायक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए । खेलमा आरसी३२ का आशिष् लावती म्यान अफ द म्याच घोषित भए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)