
काठमाडौ । फिफा विश्वकप छ्नौटतर्फ बहराइन विरुद्धको दुई खेल पश्चात् नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरियता खस्किएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अप्रिल महिनाका लागि निकालेको ताजा वरियतामा नेपाल तीन स्थान झर्दै १७८औं स्थानमा पुगेको हो । दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमै यथावत छ ।
त्यस्तै दक्षिण एसियातर्फ शिर्ष स्थानमा रहेको भारत पनि चार स्थान तल झर्दै १२१औं स्थानमा पुगेको छ । त्यस्तै १६१औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ पनि दोस्रो स्थानमा यथावत छ ।
उता एक स्थान तल झर्दै १८४औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ चौथो स्थानमा रहँदा एक स्थान तल झर्दै १८५औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ ।
त्यसैगरी १९५औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ भने २०४ स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।
त्यस्तै फिफा वरियताको सर्वोच्च स्थानमा विश्व विजेता अर्जेन्टिना कायम रहँदा दोस्रो स्थानमा फ्रान्स रहेको छ । तेस्रो स्थानमा भने बेल्जियम उक्लिएको छ ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि