News
दोस्रो याङनाम गोल्डकप शुरु, कुम्मायकको विजयी शुरुवात
फिदिम । यहाँ शुरु दोस्रो याङनाम गोल्डकप नकआउट फुटबल प्रतियोगितामा कुम्मायक गाउँपालिकाले विजयी शुरुवात गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा कुम्मायकले आयोजक याङनाम फुटबल क्लब (सेतो) लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
फिदिम स्थित इमान सिंह रंगशालामा भएको खेलमा कुम्मायकका लागि दिल सम्बाहाम्फेले दुई गोल गरे भने थप एक गोल सुशिल लावतीले गरे । खेलमा दुई गोल गरेका कुम्मायकका दिल सम्बाहाम्फे म्यान अफ द म्याच समेत चुनिए । यो जितसँगै कुम्मायक सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
याङनाम फुटबल क्लब, फिदिम(१०, पाँचथरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख २ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश