News
जापान र इन्डोनेसिया सेमिफाइनलमा
काठमाडौ (एजेन्जी) । पुर्व विजेता जापान र पहिलोपटक सहभागिता जनाईरहेको इन्डोनेसिया जारी एएफसी यु-२३ एसियन कपको सेमिफाइनलमा प्रवेश गरेका छन ।
पहिलो क्वाटरफाइनलतर्फ दावेदार मध्ये एक जापानले आयोजक कतारमाथी ४-२ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो ।
दोस्रो क्वाटरफाइनलमा भने इन्डोनेसियाले पुर्व विजेता तथा अर्को दावेदार मध्ये एक दक्षिण कोरियालाई सडन डेथमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए ।
त्यसपछि निर्धारित समय, अतिरिक्त समय र टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा इन्डोनेसियाले कोरियामाथी ११-१० को जित निकाल्दै एतिहासिक अन्तिम चारमा स्थान बनायो ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट