News
इरानलाई किर्तिमानी १३औं पटक फुटसल एसियन कपको उपाधी
काठमाडौ (एजेन्सी) । थाइल्यान्डमा सम्पन्न भएको एएफसी फुटसल एसियन कपको उपाधी इरानले किर्तिमानी १३औं पटक जितेको छ ।
फाइनलमा इरानले आयोजक थाइल्यान्ड माथी ४-१ को जित निकाल्दै उपाधी माथी कब्जा जमाउन सफल भएको हो । इरानले अन्तिमपटक सन २०१८ मा यो उपाधी जितेको थियो ।
त्यस्तै तेस्रो स्थानका लागि भएको म्याचमा उज्वेकिस्तानले ताजिकिस्तानलाई टाइब्रेकरमा ३-१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले ५-५ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
स्मरण रहोस, यसै बर्ष हुने फिफा फुटसल विश्वकपमा यसपटक एसियाबाट इरान, उज्वेकिस्तान, थाइल्यान्ड, ताजिकिस्तान र अफगानिस्तान गरि कुल ५ टोलीहरुले सहभागिता जनाउने पक्का भएको छ । उज्वेकिस्तान भने आयोजक समेत हो ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट