News
बागमती र पुल्चोकको जित
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ शुक्रबार भएका दुई खेलहरुमा बागमती युवा क्लब र पुल्चोक स्पोर्टस क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै खातामा तीन–तीन अंक जोडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले रानीवन स्पोर्टस क्लबलाई ३–१ ले हरायो । बागतीका लागि दिपेश राईले दुई गोल गरे भने थप एक गोल सिर्जनराज गौतमले गरे । पराजित रानीवनका लागि बिष्णु चौधरीले एक मात्र गोल फर्काए ।
दोस्रो खेलमा पुल्चोकले महाविर क्लबमाथि शून्यका विरुद्ध ४ गोलको प्रभावशाली जित निकाल्यो । पुल्चोकका लागि सुमन श्रेष्ठले दुई गोल गर्दा सिरब लो तामाङ र सुमित मल्लाहले एक–एक गोल गरे ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)