News दक्षिण कोरियाको गोलवर्षा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आफ्नो पहिलो खेलमा परस्पर प्रतिद्वन्द्वी उत्तर कोरियासँग ७–० ले पराजित हुन पुगेको दक्षिण कोरियाले एएफसी यु–१७ महिला एसियन कपतर्फ समूह चरणको आफ्नो दोस्रो खेलमा फराकिलो जित हात पारेको छ ।

समूह ए मा रहेको दक्षिण कोरियाले आफ्नो दोस्रो खेलमा आयोजक इण्डोनेसियामाथि १२–० को फराकिलो जित हात पार्यो । यो जितसँगै २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले सेमिफाइनल प्रवेशको सम्भावना कायम राखेको छ ।

उता समूह बी कै अर्को खेलमा उत्तर कोरियाले फिलिपिन्समाथि ६–० को जित हात पार्यो । लगातार दोस्रो जित हात पारेको उत्तर कोरिया भने एक खेल खेल्नु अघि नै समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए मा ३ अंक जोडेको फिलिपिन्स दक्षिण कोरियासँग गोलभिन्नताले पछि पर्दै तेस्रो स्थानमा छ र सेमिफाइनल प्रवेशको झिनो सम्भावना कायम छ । अंकविहीन इण्डोनेसिया पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।

अब समूह ए तर्फको अन्तिम खेलहरुमा १२ मईका दिन इण्डोनेसियाले उत्तर कोरियासँग खेल्नेछ भने सोही दक्षिण कोरिया र फिलिपिन्स पनि भिड्ने छन् । अन्तिम खेलहरुबाट समूह ए को समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

Post Comments