News जापान र उत्तर कोरिया लगातार दोस्रोपटक फाइनलमा भिड्ने
गोलनेपाल

काठमाडौं (एजेनसी) । डिफेन्डिङ च्याम्पियन जापान र उपविजेता उत्तर कोरिया जारी एएफसी यु–१७ महिला एसियन कपको फाइनलमा लगातार दोस्रोपटक भिड्ने भएका छन् । प्रतियोगितामा यी दुई टोली बीच यो समग्रमा छैठौं फाइनल समेत हो ।

चारपल्टको विजेता समेत रहेको जापानले पहिलो सेमिफाइनलमा दक्षिण कोरियालाई ३–० ले हरायो भने उत्तर कोरियाले चीनमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्न सफल भयो ।

स्मरण रहोस, गत संस्करणको फाइनलमा यी दुई टोली बीच भेट हुँदा जापानले उत्तर कोरियालाई २–१ ले हराउँदै चौथोपटक उपाधि जितेको थियो । त्यसो त उत्तर कोरियाले पनि यो उपाधि तीनपल्ट जितिसकेको छ ।

जापान र उत्तर कोरिया बीचको फाइनल खेल भने मई १९ तारीख आइतबारका दिन हुनेछ ।

Post Comments