शनिश्चरे । बिर्तामोड युनाइटेड एफसी र बाहुनडाँगी एफसी झापा जिल्लास्तरीय ए डिभिजन क्लबमा उक्लिएका छन् ।
अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा सोमबार भएको दुई सेमिफाइनल खेलमा जित निकाल्दै ए डिभिजन क्लबको सूचीमा उक्लिएका हुन् । दुवैले जित दर्ता गर्दै फाइनलमा पनि प्रवेश गरेका छन्
पहिलो सेमिफाइनल खेलमा बाहुनडाँगीले सिरिजंगा स्पोर्टिङ क्लबलाई सडनडेथमा पराजित गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि टाइब्रेकर रोजिएको थियो ।
तर, सडनडेथमा बाहुनडाँगीले ८-७ गोलअन्तरमा सिरिजंगालाई पछि पार्दै ए डिभिजनमा उक्लिएको हो । योसँगै बाहुनडाँगीले फाइनल यात्रा पनि तय गरेको छ ।
दोस्रो सेमिफाइनल खेलमा बिर्तामोडले सतासीधाम स्पोर्टिङ क्लबलाई गोलअन्तरले पराजित गर्दै ए डिभिजनमा स्थान बनाएको हो । बिर्तामोडले ए डिभिजन क्लबको मान्यता दिलाउनका लागि सतासीधामलाई ३-२ गोलले पराजित गरेको हो ।
फाइनल पुगेका दुवै टिमको खेल तथा ए डिभिजन र बी डिभिजन लिग फुटबल प्रतियोगिताको बुधबार समापन हुने झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले जानकारी दिए ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक