News ह्वासाङलाई गिम्हे युनाइटेड फुटसल कपको उपाधि
गोलनेपाल

काठमाडौं । गिम्हे युनाइटेड एफसी, दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रथम गिम्हे युनाइटेड फुटसल कपको उपाधि ह्वासाङ एन.एफ.सी. ले जितेको छ ।

फाइनलमा फारान युनाइटेडलाई हराउँदै ह्वासाङ विजेता बनेको हो । विजेता बनेको ह्वासाङले उपाधिसहित नगद ३० लाख कोरियन वन हात पार्यो भने उपविजेता फारानले २० लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड ह्वासाङका सुमन पाख्रिन घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक फारानका भुवन जंग कार्की बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार नाम्जी एफसीका निशान कार्कीले हात पारे । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १–१ लाख वन र ट्रफी हात पारे ।

त्यस्तै सोही अवसरमा मैत्रीपूर्ण महिला फुटबल म्याचको पनि आयोजना गरिएको थियो । जसमा टिम बुसानले आयोजकको टिम सेतालाई हराउँदै विजयी बनेको थियो ।

“विदेशी भूमिमा संघर्षको क्रममा, रमाउ हामी फुटसलको गोलमा” भन्ने नाराका साथ दक्षिण कोरियामा खेलका क्रममा घाईते भएका खेलाडीहरुको सहयोगार्थ आयोजित प्रतियोगितामा दक्षिण कोरियामा रहेका नेपाली टिमहरुले सहभागिता जनाएका थिए ।

Post Comments