News पिपियुएफसी क्वाटरफाइनलमा
गोलनेपाल

बुढिगंगा । रोमाञ्चक जितका साथ पिपियुएफसी, मोतिपुर, मोरङ यहाँ जारी प्रथम बुढिगंगा मनसुन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुढिगंगा–५, मोरङ स्थित कर्मविर माविको खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ पिपियुएफसीले बिराटनगर स्पोर्टस एकेडेमी, मोरङलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

पिपियुएफसीको जितमा हरि खवास र गजेन माझीले गोल गरे । पराजित बिराटनगर स्पोर्टसका लागि नवराज काफ्लेले एक मात्र गोल फर्काएका थिए । खेलमा पिपियुएफसीका हरि खवास म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत साउन १८ गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल राज क्लब, खनार, इटहरी र ग्रिन सिटी, बनरझुला, बुढिगंगा, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।

यही साउन २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।

Post Comments