News
यु–१७ राष्ट्रिय टोली तयार पार्न केन्द्रिय छनौट कार्यक्रम साउन अन्तिम सातादेखि
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा देशव्यापी रुपमा सञ्चालन गरिएको यु–१७ पुरुष खेलाडी छनौट कार्यक्रमको केन्द्रिय छनौट कार्यक्रम यही साउन २७ देखि ३२ गतेसम्म हुने भएको छ । सो छनौट कार्यक्रम सातदोबाटो, ललितपुर स्थित एन्फा कम्प्लेक्समा बिहान १०ः३० बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।
केन्द्रिय छनौट कार्यक्रमबारे जानकारी गराउन एन्फाले आफू मातहतका सम्बन्धित प्रदेश फुटबल संघहरुलाई पत्राचार समेत गरेको छ । स्मरण रहोस, नेपालले आउँदो सेप्टेम्बर १२ देखि २२ तारीखसम्म भुटानमा हुने साफ यु–१७ च्याम्पियनसिप र अक्टुबर १९ देखि २७ तारीखसम्म कतारमा हुने एएफसी यु–१७ एसियन कप छनौट खेल्ने कार्यक्रम छ । एन्फाले त्यसकै लागि राष्ट्रिय यु–१७ फुटबल टोली तयार पार्न लागेको हो ।
एन्फाले केन्द्रिय छनौटबारे उपलब्ध गराएको पत्रः

Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान