News एएफसी महिला च्याम्पियन्स लिगका लागि एपिएफ मलेसिया प्रस्थान
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको प्रतियोगिता खेल्न नेपालको महिला लिग च्याम्पियन एपिएफ फुटबल क्लब बिहीबार मलेसियातर्फ प्रस्थान गरेको छ ।

प्रतियोगिता अन्तर्गत समूह सी मा रहेको एपिएफले घरेलु टोली सवाहसँगै उज्वेकिस्तानको लिग च्याम्पियन नसाफसँग खेल्नेछ । एपिफले आफ्नो पहिलो खेल २५ अगस्तका दिन नसाफसँग खेल्नेछ भने २८ अगस्तका दिन सवाहसँग खेल्नेछ ।

प्रतियोगिताका सबै खेलहरु मलेसियन शहर सवाह स्थित लिकास स्टेडियममा हुनेछन् । समूहको शिर्ष टोली फाइनल स्टेजको समूह चरणका लागि छनौट हुनेछ । जहाँ जापान, दक्षिण कोरिया, अष्ट्रेलिया जस्ता शिर्ष वरियताका बलिया क्लबहरुसँग खेल्नुपर्नेछ ।

 

Post Comments