
काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छनौट खेलतर्फ नेपालको लिग च्याम्पियन चर्च ब्वाईजलाई हराउँदै समूह चरणका लागि छनौट भएको भुटानी च्याम्पियन पारो फुटबल क्लब च्यालेञ्ज लिगको समूह ए मा परेको छ ।
एएफसीको मुख्यालयमा निकालिएको ड्र अनुसार पारो भारतको इस्ट बंगाल एफसी, लेबनानको नेजमेह एससी र बंगलादेशको बसुन्धरा किंग्स एफसीस्ँगै समूह ए मा परेको हो ।
तुलनात्मक रुपमा समूह ए मा पारोले कठिन प्रतिद्वन्द्वीहरु पाएको छ । यद्यपि पारोलाई अर्को अर्थमा केही फाईदा पनि छ । अर्थात, समूह ए का सबै खेलहरु भुटानमा हुनेछ्न । यस अर्थमा पारोलाई घरेलु मैदान र समर्थकको साथ रहनेछ ।
समुहको शिर्ष टोली सोझै क्वाटरफाइनलमा प्रवेश गर्नेछ भने दोस्रो स्थानमा रहने टोलीलाई उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीका रुपमा क्वाटरफाइनल प्रवेशको सम्भावना कायम रहनेछ ।
पारो सम्मिलित समुह ए का खेलहरु आगामी अक्टुबर २६ तारीखदेखी शुरु हुने कार्यक्रम रहेको छ ।
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट