News
जितका साथ सुपर लिग चरणमा एपिएफ र आर्मी
काठमाडौं । उपाधिका लागि दुई बलिया प्रत्याशी एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले जितका साथ एन्फा महिला लिगको पहिलो चरणको यात्रा समापन गरेका छन ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपिएफले बागमती युथ क्लबमाथि ७–० को जित निकाल्दा आर्मीले कर्णाली प्रदेशलाई ५–० ले हरायो । स्मरणीय छ, एपिएफ र आर्मी यसअघि नै सुपर लिग चरणमा प्रवेश गरिसकेका छन् ।
शुक्रबारको नतिजापछि ९ खेलबाट २५ अंक जोडेको एपिएफ शिर्ष स्थानमा यथावत छ । पराजित बागमती भने १० अंकका साथ छैठौं स्थानमा रहेर लिगको समापन गर्न बाध्य बनेको छ ।
त्यस्तै आर्मीले कर्णालीमाथि जित हात पारेपछि १० खेलबाट २२ अंकका साथ दोस्रो स्थानमा छ । पराजित कर्णाली भने ४ अंकका साथ लिगतालिका को नवौं स्थानमा रहेर सिजनको समापन गरेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश