News झापाः न्यू स्टारलाई हराउँदै शनिश्चरे विजयी
रमेश समदर्शी

झापा । झापाको अर्जुनधारा १ स्थित टेकमान रंगशालामा आजदेखि सुरु भएको दोस्रो प्रदेशस्तरीय फुटबल प्रतियोगितामा शनिश्चरे एफसीले विजयी सुरुवात गरेको छ ।

उपाधिको दाबेदार मानिएको टोली बिर्तामोडको न्यू स्टार क्लबलाई १-० गोलले हराउँदै शनिश्चरेले क्वाटरफानल खेलम स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा निमा तामाङले गरेको गोल नै निर्णायक बनेको थियो । उनी प्लेयर अफ दी म्याच बने ।

शनिश्चरेका लागि देवेन्द्र तामाङ, सौरभ सुब्बा, पेमा तामाङलगायतका सिनियर खेलाडी थिए । यस्तै, न्यू स्टारका लागि हिसुब थपलिया, सनम राईजस्ता अनुभवी खेलाडी मैदानमा थिए ।

अर्जुनधारा १ को डा.सा.ब. युवा क्लबले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । असोज २३ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार र ट्रफी पाउने छ ।

मंगलबार अन्तिम प्रिक्वाटर फाइनल खेल आयोजक र जामुनखाडी एफसीबीच हुनेछ । प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देनले गरेका थिए ।

प्रतियोगिता संयोजक बेनुकुमार राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्षहरु उपेन्द्र बस्नेत, सिताराम भट्टराई, हचुमासा वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रप्रसाद प्रसाईलगायतले आफ्ना भनाइ राखेका थिए ।

Post Comments