News नेपालका सुजनलाई गोल्डेन बुट
गोलनेपाल

काठमाडौ. । सोमबार सम्पन्न साफ यु–१७ च्याम्पियनसिपमा भलै सेमिफाइनलबाटै बाहिरिए तापन नेपालका उयिदमान खेलाडी सुजन डंगोलले गोल्डेन बुट हात पारेका छन् । डंगोलले प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट हात पारेका हुन् ।

सुजनले प्रतियोगिताभरि कुल चार गोल गरेका थिए । जसमा उनले चारै गोल समूह चरणतर्फ गरेका थिए । सुजनले समूह चरणतर्फ श्रीलंका विरुद्ध ४–० को जितमा ह्याट्रिक गरेका थिए भने आयोजक भुटानमाथि २–१ को जितमा थप एक निर्णायक गोल गरेका थिए ।

त्यस्तै अन्य विधातर्फ भारतका सुरज सिंह उत्कृष्ट गोलरक्षक बन्दा भारत कै मोहम्मद अर्बाश प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल हात पारे । त्यसैगरी घरेलु टोली भुटान प्रतियोगिताको फेयर टिम बन्यो ।

स्मरणीय छ, सोमबार भएको साफ यु–१७ च्याम्पियनसिपको उपाधि भिडन्तमा साविक विजेता भारतले बंगलादेशलाई २–० ले हराउँदै उपाधि रक्षा गर्न सफल भएको थियो ।

Post Comments