News
प्रथम कुरिनटार कप: सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लाग्यो

कुरिनटार । चितवनको इच्छाकामना ४ कुरिनटारमा जारी खुल्ला नकआउट नाईन ए साईड फुटबल प्रतियोगितामा सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लागेको छ ।
प्रतियोगिता अन्तर्गत क्वाटरफाइनल खेलहरु जित्दै के ब्वाईज क्लब कुरिनटार, ब्वाईज यूनियन, मोनस्टर फेमली आँबुखैरेनी, र एपोलो मुग्लिन सेमिफाइनलमा प्रवेश गरेको हुन।
के ब्वाईज क्लब कुरिनटारले एस्क्याप्ड नेपाललाई टाईब्रेकरमा पराजित गरेको थियो भने ब्वाईज यूनियनले चुम्लिङ्गटारलाई ८–१, मोनस्टर फेमली आँबुखैरेनीले मुग्लिन एफसीलाई ३–१ र एपोलो मुग्लिनले नययुवा क्लबलाई २–०ले पराजित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल के ब्वाईज कुरिनटार र मोनस्टर फेमली बीच हुनेछ भने दोश्रो सेमिफाइनल खेलमा ब्वाइज यूनियन र एपोलो मुग्लिन भिड्नेछन ।
Post Comments