News आयोजक प्रकाशपुर सेमिफाइनलमा
गोलनेपाल

प्रकाशपुर । आयोजक प्रकाशपुर फुटबल क्लब, सुनसरी यहाँ जारी सातौं प्रकाशपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शुक्रबार भएको चौथो क्वाटरफाइनलतर्फ प्रकाशपुरले मधेसा फुटबल क्लब, मधेसालाई २–१ ले हराउँदै सेमिफाइनल प्रवेश गर्ने चौथो तथा अन्तिम टोली बनेको हो । खेलमा प्रकाशपुरका मिकसन दास म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत असोज १९ गते शनिबारको पहिलो सेमिफाइनल खेल रामधुनी इक्राही फुटबल क्लब, रामधुनी र राजाबास युथ क्लब, राजाबास बीच हुने आयोजकले जानकारी दियो ।

प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २२ गतेका दिन हुनेछ ।

Post Comments