News
अभिषेक निर्णायक बन्दा बिराटनगर स्पोर्टस सेमिफाइनलमा

इनरुवा । झिनो अन्तरको जितका साथ बिराटनगर स्पोर्टस एकेडेमी, बिराटनगर यहाँ जारी इनरुवा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तेस्रो क्वाटरफाइनलतर्फ बिराटनगरले शुक्रबारे युथ क्लब, चक्रघट्टीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । बिराटनगरको जितमा अभिषेकले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता अभिषेक नै म्यान अफ द म्याच पनि चुनिए ।
प्रतियोगिता अन्तर्गत असोज १९ गते शनिबारको चौथो क्वाटरफाइनल खेल इनरुवा फुटबल क्लब, इनरुवा र मिरमिरे फुटबल क्लब, भोक्राहा बीच हुने आयोजकले जानकारी दियो ।
Post Comments