News एभरेष्ट एफसी बेलका गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बेलका । एभरेष्ट फुटबल क्लब, बराहक्षेत्र, सुनसरी यहाँ जारी वाइवाई दोस्रो बेलका गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

लेकाली रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा आयोजक ब्रदरहुड फुटबल क्लबलाई ४–० गोलले पराजित गर्दै एभरेष्ट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो ।

एभरेष्टको जितका लागि आकास राइले दुई र अमित लिम्बुले एक गोल गरे । एक गोल भने आत्माघाति भयो । खेलको म्यान अफ द म्याच आकास राइ घोषित हुँदै पच्चिस सयका साथ ट्रफि प्राप्त गरे ।

कार्तिक ५ गते गते तेस्रो क्वाटर फाइनलमा दुधौली स्पोर्टस क्लब सिन्धुली र राष्ट्रिय जागृति क्लब इटहरी भिड्नेछन ।

ब्रदरहुड फुटबल क्लब, बेलका, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १० गतेका दिन हुनेछ ।

Post Comments