News चित्लाङ सातौं बेलबारी आरजु राईस गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बेलबारी । चित्लाङ फुटबल क्लब, काठमाडौं यहाँ जारी सातौं बेलबारी आरजु राईस गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलतर्फ चित्लाङले रारा फुटबल क्लब, धनकुटालाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । चित्लाङको जितमा तीनै गोल विदेशी खेलाडीहरुले गरे । चित्लाङका लागि रोबर्टले दुई गोल गर्दा हेन्ड्रीले एक गोल गरे । पराजित राराका लागि भने अनन्त तामाङले एक मात्र गोल फर्काएका थिए ।

खेलमा दुई गोल गरेका चित्लाङका रोबर्ट खेलको म्यान अफ दि म्याच चुनिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत कार्तिक ६ गतेको तेस्रो क्वाटरफाइनल खेल बुटवल लुम्बिनी फुटबल क्लब, रुपन्देही र ब्रिगेड ब्वाईज क्लब, काठमाडौं बीच हुनेछ ।

एलएक्स सिटी फुटबल क्लब, बेलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १० गतेका दिन हुनेछ ।

 

 

Post Comments