News यु-१७ एसियन कप छ्नौट: जापानसँग निरीह नेपाल
गोलनेपाल

काठमाडौ । एएफसी यु-१७ एसियन कप छ्नौटको बुधबारदेखि शुरु समूह एफतर्फको खेलमाअ नेपालले निशाजनक शुरुवात गरेको छ । 

कतारको दोहामा भएको समूह चरणको आफ्नो पहिलो खेलमा बुधबार राती नेपालले डिफेन्डिङ च्याम्पियन समेत रहेको चारपल्टको विजेता जापानसँग ९-२ को अन्तरले पराजित हुँदै निराशाजनक शुरुवात गरेको हो ।

खेलमा शुरुवाती अग्रता नेपालले नै लिएको थियो । सबिन कुमारले नेपालका लागि सनसनीपुर्ण शुरुवाती गोल गरेतापनी त्यसपछी जापान पुर्ण हावी बन्यो । जापानका लागि दाइची तानीले चार गोल गरे । हिरोतो आसादाले पनि ह्याटीक पूरा गर्दा मिबुकी कासाई र काइजी चोनानले थप एक-एक गोल गरेका थिए ।

 त्यस्तै नेपाल कै समूह बी तर्फ अर्को खेलमा आयोजक कतारले मंगोलियामाथि २–० को जित निकाल्दै विजयी शुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत नेपालले शुक्रबार आफ्नो दोस्रो खेलमा कतारको सामना गर्नेछ भने सोही दिन जापानले मंगोलियासँग् खेल्नेछ ।
Post Comments