News
१८औं गोधुली कप पौष पहिलो साता
तामाफोक । किरातीहरुको महान पर्व उभाौली (चासुवा) को अवसर पारी मिर्मिरे युवा क्लब, धर्मदेवी–२, तामाफोकको आयोजनामा आउँदो पौष २ देखि ६ गतेसम्म १८औं गोधुली कप फुटबल प्रतियोगिता हुने भएको छ ।
धर्मदेवी–२, तामाफोक स्थित तुमोक खेलमैदानमा हुने प्रतियोगिताको भौतिक, प्राविधिक लगायत अन्य आवश्यक तयारीहरु पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सान्त्वना पुरस्कार सहित विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- अनिता राना मगरको ह्याट्रिकसँगै फेदापको शानदार जित
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- संखुवासभाको मादीमा प्रथम मझिया स्मृति महिला कप सुरु, धरानको विजयी सुरुवात
- सेकाहालाई तेस्रो तीनपोखरी कपको उपाधी
- सेकाहा तेस्रो तीनपोखरी कपको फाइनलमा, उपाधिका लागि मकालु फ्रेन्डससँग भिड्ने