News
फाल्गुनन्द गोल्डकपको पहिलो दिन टिकटबाट २ लाख बढी संकलन

फिदिम । पॉचथरको फिदिममा शनिबारबाट शुरू भएको ११औँ फाल्गुन्द गोल्डकपको उदघाटन खेलमा २ लाख २४ हजार ६९० बराबरको टिकट बिक्री भएको छ ।
आयोजक फिदिम स्पोटिङ क्लब र कर्साङ फुटबल क्लब भारत बिच भएको खेलमा रू १५० का दरले उक्त रकम बराबरको टिकट बिक्री भएको आयोजकले जानकारी दियो ।
आइतबार हुने झापा ११ र मच्छिन्द्र फुटबल क्लब बिचको दोस्रो प्रि-क्वाटर फाइनलमा पनि टिकटक दर १५० रहने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।
दश टिमको सहभागिता रहेको गोल्डकप पुस ६ गते देखि १५ गते सम्म सन्चालन हुनेछ। विजेताले १० लाख ५ सय ५५ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्नेछन ।
Post Comments