यस खेल मैदानको निर्माण कार्य हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतिष्ठान स्मारक खेल मैदान संरक्षण तथा सम्वद्धन समिति द्वारा गरिनेछ। आजबाट शुरु भएको निर्माण कार्यमा जेसिभी लगाएर खेल मैदान जाने बाटो बनाउने र मैदानको मर्मत सम्भार कार्य सम्पन्न गर्ने योजनामा छ।
समितिको अध्यक्षमा स्थानीय युवा व्यवसायी र समाजसेवी अमृत थक्लुङ (मिका) रहेका छन्। समितिमा शान्ति राई उपाध्यक्ष, गजेन्द्र राई (जिआर सर) सचिब, पुर्ण बहादुर दाहाल सहसचिव र चित्रकला खवास (मिना) कोषाध्यक्षका रूपमा कार्यरत छन्। साथै, सदस्यहरूमा योगेस प्याकुरेल, ओम दर्लामी मगर, लोकेन्द्र बहादुर लिम्बू (बुद्ध) र कोपिला राई रहेका छन्।

मैदान निर्माण कार्यको नेतृत्व गर्न अशोक निरौलाको संयोजकत्वमा खेल मैदान निर्माण समिति पनि गठन गरिएको छ। समितिको उपाध्यक्षमा लोकेन्द्र बहादुर लिम्बू, सचिबमा टेकबहादुर राई, सहसचिवमा सन्तोस थक्लुङ र कोषाध्यक्षमा कमला कार्की चयन भएका छन्। सदस्यमा रिनेश धिमाल, गणेश लिम्बू, चन्द्र बहादुर राई र हर्क बहादुर राई रहेका छन्।
समितिका अध्यक्ष अशोक निरौलाले खेल मैदान निर्माण कार्य आजबाट सुरु गरिएको र यसलाई तीव्रताका साथ सम्पन्न गर्ने बताए। गजेन्द्र राई सचिबले जग्गा उपलब्ध गराउने चन्द्र छाराहाङ राई र अन्य सहयोगी व्यक्तिहरूको प्रति आभार व्यक्त गर्दै सहयोगको अपिल गरे।
स्थानीय स्तरमा खेल मैदानको अभावका कारण युवाहरूलाई खेलकुदका लागि अन्यत्र जानुपर्ने अवस्था रहेको थियो। अमृत थक्लुङ अध्यक्षले भने, "हामीले यहाँ ठूला खेल प्रतियोगिता आयोजना गरेर गाउँको पहिचान बढाउने उद्देश्य राखेका छौं। सबैले सहयोग पुर्याइदिएको खण्डमा यो परियोजना सफल हुनेछ।"
स्वर्गीय हस्तबहादुर राईको स्मृतिमा जग्गा दान गर्ने चन्द्र छाराहाङ राई ले भने, "मेरो पिताको नाम जिवित रहोस् भन्ने मेरो चाहना हो। खेल मैदान बनाउनु भनेको भविष्यका सन्ततिका लागि ठूलो योगदान हो।"
स्थानीयवासीको भरपुर सहयोग र सहभागितामा खेल मैदान निर्माण प्रक्रिया अघि बढ्दै छ, जसले भविष्यमा यहाँका युवाहरूसँगै सम्पूर्ण क्षेत्रको खेलकुद गतिविधिलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
Tejan Khadka
GoalNepal
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय