News
चात्यासा दमक मच्छिन्द्र कपको सेमिफाइनलमा
केराबारी । चात्यासा दमक मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार केराबारि रंगशालामा सम्पन्न चौथो क्वाटरफाइनलमा चित्लाङ एफसी, काठमाडौंलाई शून्यका विरुद्ध २ गोलले हराउँदै चात्यासा दमक सेमिफाइनल पुगेको हो।
चात्यासा दमकको जितमा हरि कार्कीले निर्णायक दुई गोल गरे । चात्यासाको जितमा निर्णायक बनेका हरि कार्की नै खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत पुस २४ गते बुधबारको पहिलो सेमिफाइनल खेल पानवारि फुटबल क्लब, धरान र बेलबारि फुटबल क्लब, मोरङ बिच हुने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय