News पुलिससँग मच्छिन्द्र निराश, संकटा र एपिएफको बराबरी
गोलनेपाल

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल पुलिस क्लबले जित हात पार्दा संकटा र एपिएफ फुटबल क्लबबीचको खेल बराबरीमा टुंगिएको छ ।

एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा पुलिसले मच्छिन्द्रमाथि २–१ को जित निकाल्यो । पुलिसको जितमा समिर राई र नसिब हेन्जनले गोल गरे । पराजित मच्छिन्द्रका लागि भने सौगात बम्जनले गोल गरेका थिए ।

दिनको दोस्रो खेलमा संकटा र एपिएफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा संकटाका लागि पेम्बा तामाङले गोल गर्दा एपिएफका लागि उत्सव थापाले गोल गरेका थिए ।

Post Comments