News लक्ष्मी नारायण (लक्ष्य) स्मृति खुल्ला फुटबल प्रतियोगिता २०८१: जिल्ला प्रहरी काभ्रे र सरस्वतीको जित
गोलनेपाल

काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका वडा नं. ७ स्थित पनौती क्षेत्रीय रंगशालामा हिजोबाट सुरु भएको लक्ष्मी नारायण (लक्ष्य) स्मृति खुल्ला फुटबल प्रतियोगिता २०८१ मा आज केही रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।

पहिलो खेलमा जिल्ला प्रहरी काभ्रे र राजु योङ युथ क्लब बीच प्रतिस्पर्धा भएको थियो।

जिल्ला प्रहरी काभ्रे ले शानदार प्रदर्शन गर्दै ५-० को सहज जित निकाल्यो। यस खेलको POM (प्लेयर अफ द म्याच) जिल्ला प्रहरी काभ्रेका खेलाडी प्रभिन आले मगर घोषित भए। उनले टिमको लागि 4 गोल गरेका थिए र जिल्ला प्रहरी काभ्रेको जीतमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

आजको दोस्रो खेलमा सरस्वती र हल्दीचाप १२ बीच प्रतिस्पर्धा भएको थियो। यस खेलमा सरस्वतीले ३-२ गोल अन्तरले जित हासिल गर्दै अर्को चरणमा प्रवेश गरेका छन्।

Post Comments