News सातौं दुहबी मेयर कप शुरु, वार्ड नम्बर १० को विजयी शुरुवात
गोलनेपाल

दुहबी । सुनसरीको दुहबी नगरपालिकामा आइतबारदेखि शुरु भएको सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगितामा वार्ड नम्बर १० ले विजयी शुरुवात गरेको छ ।

दुहबी–५ स्थित सरस्वती माविको खेलमैदानमा भएको उद्घाटन खेलमा वार्ड नम्बर १० ले वार्ड नम्बर ९ लाई २–० ले हरायो । वार्ड नम्बर १० को जितमा कुन्दन चौधरी र कबिन्द्र चौधरीले गोल गरे । खेलमा वार्ड नम्बर १० कै ललित उराउ म्यान अफ दि म्याच घोषित भए ।

यो जितसँगै वार्ड नम्बर १० क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी दुहबी नगरपालिका, सुनसरीका नगर प्रमुख वेद नारायण गच्छदारले गरेका थिए ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १५ गतेका दिन हुनेछ ।

Post Comments