News नवौं गोर्खाली रनिङ कप शुरु, नारायणी मोटर्स युनिक एफसीको उत्कृष्ट शुरुवात
गोलनेपाल

गोरखा । बुधबारदेखि शुरु भएको नवौं गोर्खाली रनिङ कप खुला नकआउट फुटबल प्रतियोगितामा नारायणी मोटर्स युनिक फुटबल क्लब, चितवनले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा युनिकले ग्लोबल दि आर्मी क्लब, मनकामनालाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । युनिकको जितमा सुदिप गुरुङ्गले दुई गोल गर्दा शरद गुरुङले थप एक गोल गरे । पराजित ग्लोबल आर्मीका लागि बिनु गुरुङले एक मात्र गोल फर्काए ।

खेलमा दुई गोल गरेका युनिक एफसीका सुदिप गुरुङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ८ गते बिहीबार हुने पहिलो खेलमा १ बजे रिपुमर्दन दल गण आर्मी र लक्ष्मीबजार हर्ट क्लबबीच हुनेछ भने दोस्रो खेल सतिपिपल क्लब र सुर्योदय युथ क्लब बीच हुने आयोजकले जानकारी दियो ।

हरमटारी क्लब, गोरखाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।

Post Comments