News
ताप्लेजुङको सॉगुमा रछ स्मृती मेमोरियल फुटबल प्रतियोगिता फागुन १३ गते देखि हुने
ताप्लेजुङको मैवाखोला स्थित सॉगुमा रछ मेमोरियल आमन्त्रित पुरूष फुटबल प्रतियोगिता फागुन १३ गते देखि १७ गते सम्म सन्चालन हुने भएको छ ।
महाशिव रात्रिको अवसरमा जलजले क्लबले आयोजना गरेको प्रतियोगितामा पूर्वका चर्चित आठ क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख ६१ हजार सहित एक तोला आधि सुन र दुइ सय तोला चॉदी जडित रनिङ ट्र्फि प्राप्त गर्नेछ ।
त्यस्तै उपविजेताले १ लाख ३१ हजार सहित ट्रफि प्राप्त गर्नेछ । त्यसैगरी मेलाको अवसरमा महिला फुटबल प्रतियोगिता पनि सन्चालन हुने बताईएको छ । महिला तर्फ विजेताले असी हजार सहित ट्रफि र उपविजेताले चालिस हजार सहित ट्रफि प्राप्त गर्नेछन ।
आन्तरिक पर्यटन विकाशमा खेलकुद भन्ने नाराका साथ सन्चालन हुने महाशिवरात्रि मेलाको भव्य तयारी भइरहेको क्लबका अध्यक्ष रूपनारायण घिमिरे जानकारी दिनुभयो ।
Post Comments
Related News
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई