News कोशी प्रदेश प्रिमियर लिग विजेता युवराज घाइते
गोलनेपाल

कटारी । गत साता सुनसरीको धरानमा सम्पन्न कोशी प्रदेश प्रिमियर लिगको उपाधि विजेता गाईघाट फुटबल क्लब, उदयपुरका कप्तान युवराज थापा चोटिल बनेका छन् ।

शनिबारदेखि शुरु पाँचौं कटारी मेयर गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली कटारी–११ का लागि खेल्ने क्रममा उनी घाईते भएका हुन् । युवराजले हाल उपचार पश्चात् स्वास्थ्य लाभ लिईरहेको आयोजक नगर खेलकुद विकास समिति, कटारीले जनाएको छ ।

स्मरण रहोस, युवराजले गाईघाटलाई आफ्नै कप्तानीमा कोशी प्रदेश प्रिमियर लिगको विजेता बनएका थिए । साथै उनी आफै पनि प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी समेत चुनिएका छन् ।

 

Post Comments