News आर अाई एफसी काठमाडौँलाई पेनाल्टीमा हराउँदै लेटाङ एफसी मोरङ सेमिफाइनलमा
गोलनेपाल

सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं ७ पञ्चायनको खेलमैदानमा जारी दोस्रो अल्टीट्युट रनिङ कप फुटबल प्रतियोगितामा आज सम्पन्न तेस्रो क्वाटरफाईनल खेल आर अाई एफसी काठमाडौं र लेटाङ एफसी मोरङ बीच निर्धारित समयमा गोल रहित बराबरीमा टुंगिएपछि उक्त खेलको विजेताको टुङ्गो पेनाल्टी सुट आउट मार्फत लगाइएको थियो।

दुबै टोलीबाट समग्रमा उत्कृष्ट खेल रहेतापनि निर्धारित समयमा कुनै टोलीबाट गोल हुन नसक्दा खेल पेनाल्टीमा धकेलिएको थियो। पेनाल्टी सुट आउटमा लेटाङ्का गोल रक्षक पूर्ण चेम्जोङ नायक बन्दा लेटाङ विजेता बन्न सफल भएको छ। दुबै टोलीबाट पाँच ,पाँच प्रहार हुँदा लेटाङका गोलरक्षक पूर्ण चेम्जोङले चौथो प्रहार जोगाएका थिए । उक्त खेलको म्यान अफ दि म्याच बनेका लेटाङ एफसी मोरङका टीम कप्तान राजु मगरले नगद रु २५००।- सगै ट्रफी हात पारे।

साथै भोलि हुने अन्तिम क्वाटरफाईनल खेल कोशी पुलिस विराटनगर र तालतलैया फुटबल क्लब बीच दिनको ठीक १ बजे हुनेछ।

प्रतियोगिताको विजेताले नगद रु २,२२,२२२।- को साथमा १५ तोला चाँदी जडित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु १,११,१११ रुपैयाँ प्राप्त गर्ने छ।

Post Comments